क्यान सदस्यलाई मणिपालमा विशेष छुट

पोखरा । मणिपाल शिक्षण अस्पताल पोखरा र कम्प्युटर एसोसियसन नेपाल महासंघ, कास्की शाखाबीच ‘कर्पोरेट स्वास्थ्य परीक्षण सुबिधा योजना’मा सहमति भएको छ ।

अस्पतालले ल्याएको नयाँ स्वास्थ्य प्याकेज ‘व्यावसायिक प्रतिष्ठान तथा संघ, संस्था स्वास्थ्य परीक्षण योजना’मा अस्पताल र क्यानबीच सहमति भएको हो ।

मणिपाल शिक्षण अस्पताल पोखराका प्रमुख कार्यकारी अधिकृत अनिल अडुविल र क्यान कास्कीका अध्यक्ष दुधमान गुरुङ (आशिष)ले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

सो अवसरमा क्यानको तर्फबाट पूर्व अध्यक्ष गुणानिधि पाण्डे, चिन्तामणि बस्तोला र सचिव महेन्द्र भुर्तेलको सहभागिता थियो । सहमतिसँगै क्यान सदस्यले मणिपालमा उपचार गराउँदा विशेष छुट प्राप्त गर्नेछन् ।

You might also like

Comments are closed.