क्यान इनफोटेक मेला माघ २४ देखि, सम्पूर्ण तयारी पूरा

क्यान इन्फोटेक काठमाडौं पछि सातै प्रदेशमा आयोजना हुने

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले २८ औं संस्करणको क्यान इनफोटेक मेला आयोजना गर्ने भएको छ । मेला यही माघ २४ देखि २९ (तदनुरुप २०२३ फेब्रुअरी ७ देखि १२ तारिखसम्म) भृकुटी मण्डपस्थित प्रदर्शनी हलमा आयोजना गर्ने भएको हो ।

क्यान महासंघले आज पत्रकार सम्मेलनको आयोजना गर्दै मुलुककै ठूलो सूचना प्रविधिसम्बन्धी प्रदर्शनी क्यान इन्फोटेक २०२३ को तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको छ । क्यान इन्फोटेक २०२३ को टाइटल स्पोन्सरमा इन्फोडेभलपर्स प्रालि र एसोसिएट स्पोन्सरमा स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेड (एसीसीटी) रहेको छ । प्रायोजक कम्पनीका आधारमा मेलाको आधिकारिक नाम ‘इन्फोडेभलपर्स क्यान इन्फोटेक २०२३ इन एसोसियसन विथ एससीटी’ राखिएको छ । त्यस्तै, क्यान इन्फोटेक २०२३ को प्लाटिनम स्पोन्सरमा डिशहोम फाइबरनेट, डायमन्ड स्पोन्सरमा नेपाल टेलिकम तथा गोल्ड स्पोन्सरमा माया एनिमेसन एकेडेमी र ह्वावे रहेका छन् ।

त्यस्तै सिल्भर स्पोन्सरहरुमा एसपावर, डिजिकम र अर्न सिक्का (अनलिमिटेड टेक्नोलोजी) रहेका छन् । प्रदर्शनीको टिकेटिङ पार्टनरमा पे वेल, इन्स्योरेनस पार्टनरमा आइएमई जेनेरल इन्स्योरेन्स, नलेज पार्टनरमा लर्ड बुद्ध एजुकेशन फाउन्डेशन, ट्रेनिङ पार्टनरमा इन्टरनेशनल स्कूल फर स्किल्स, फुड एन्ड बेभरेज पार्टनरमा र्याकेट बार एन्ड इभेन्टस, पावर्ड बाई आइएमई पे र एसएमएस पार्टनरमा स्प्यारो एसएमएस रहेका छन् ।

jutta mela

प्रदर्शनीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, सुविसुलगायतका संस्थाहरुले सहयोग गरेका छन् । त्यस्तै, अन्तर्राष्ट्रिय रुपमा असोसियो (Asian-Oceanian Computing Industry Organization) र (World Information Technology and Services Alliance) को लागि सहयोग गरेका छन् ।

यसपटक टिकेटिङ पार्टनर पे वेलमार्फत इन्फोटेकको टिकेट खरिद गर्न सकिने भएको छ । प्रदर्शनीमा सर्वसाधारणका लागि एक सय र विद्यार्थीका लागि ५० रुपैयाँ शुल्क तोकिएको छ । सूचना तथा सञ्चार प्रविधि प्रदर्शनीमा क्यान महासंघका सदस्य संस्थाहरुका साथै विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरुको सहभागिता रहनेछ । क्यान इन्फोटेकले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीहरुलाई आफ्नो बजार विस्तार गर्ने, ग्राहकका आवश्यकता थाहा पाउने, बजार सर्वेक्षण गर्ने, नयाँ उत्पादनहरु सार्वजनिक गर्ने र ग्राहकसँग आपसी सम्बन्ध स्थापना गर्ने अभूतपूर्व अवसर दिनेछ ।

साथै क्यान इन्फोटेककै दौरान हरेक दिन नेपाल पर्यटन बोर्डको सभाहलमा आर्टिफिसियल इन्टेलिजेन्स, बिग डेटा, मसिन लर्निङ, क्लाउड कम्प्युटिङ तथा अन्य पछिल्ला टेक्नोलोजी ट्रेन्डका विषयमा कन्फ्रेन्स पनि सञ्चालन हुनेछ । क्यान इन्फोटेक २०२३ का लागि हालसम्म ९० प्रतिशत स्टल बुकिङ भइसकेको छ । यस संस्करणको इन्फोटेक मेलालाई करिब साढे ३ लाखले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

क्यान इन्फोटेक काठमाडौंमा सम्पन्न भएपछि सातै प्रदेशमा पनि आयोजना गर्ने क्यान महासंघले जनाएको छ । यसअन्तरगत मधेश प्रदेशमा फागुन ५ देखि ९ गतेसम्म, सुदूरपश्चिम प्रदेशमा फागुन १३ देखि १७ गतेसम्म, गण्डकी प्रदेशमा फागुन २६ देखि फागुन ३० गतेसम्म र बागमती प्रदेशमा चैत २ गतेदेखि चैत ६ गतेसम्म क्यान इन्फोटेक हुनेछ ।

प्रदेश १, कर्णाली र लम्बिनी प्रदेशमा पनि चाँडै नै क्यान इन्फोटेकको आयोजना हुने क्यान महासंघले जनाएको छ । सन् १९९५ देखि क्यान महासंघले क्यान इन्फोटेकको सुरुवात गरेकोमा सन् २०२२ मा इन्फोटेकको २७ औ संस्करण सफलता पूर्वक सम्पन्न गरेको थियो ।

You might also like

Comments are closed.