विद्यार्थीहरुलाई उत्प्रेरणा र उज्ज्वल भबिस्यकोलागि परामर्श दिँदै करियर फेस्ट सम्पन

काठमाडौं । विद्यार्थीहरुलाई उत्प्रेरणा र उज्ज्वल भबिस्यकोलागि परामर्श दिँदै करियर प्वाइन्ट एजुकेसन सर्भिसेजले बाह्र कक्षाको परीक्षा दिएका विद्यार्थीहरुलाई केन्द्रित गर्दै आयोजना गरेको ‘करियर फेस्ट’ दोस्रो संस्करण सम्पन्न भएको छ।

फागुन १० गते राष्ट्रिय सभा गृहमा भएको कार्यक्रममा बाह्र कक्षा पछि के पढ्ने र कसरी अगाडि बढ्ने भन्ने विषयमा परामर्श दिइएको कार्यक्रमका एक्जुकेटिभ डाइरेक्टर विशाल केसीले बताए।

२ हजार विद्यार्थीको सहभागिता रहेको कार्यक्रममा बिस भन्दा बढी कलेजहरुको बारेमा विद्यार्थीहरुले एकै ठाउँबाट जानकारी प्राप्त गरेका छन्।

नेपाली काङ्ग्रेसका प्रवक्ता विश्व प्रकाश शर्मा, राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेल, कुलमान घिसिङ, व्यांकर मनोज ज्ञावालि र सृस्ठि केसीले विद्यार्थिहरुलाई मार्ग निर्देश गर्नुका साथै अनुभव साटासाट आदानप्रदान गरेको आयोजक संस्थाका एकेडेमीक डाइरेक्टर शिव दनाईले बताए।

कार्यक्रममा कमेडियन एवम् मोटिभेसनल स्पिकर सन्दिप क्षेत्रि गायक अल्मोडा राना उप्रेति र कृसल कडेल लगायतको प्रस्तुतिका समेत रहेको थियो।

You might also like

Comments are closed.

Secret Link