‘हरेक विद्यार्थीको आवश्यकता र सम्भावनामा केन्द्रीत भएर अध्यापन गर्छौं’

-सीए सुमन न्यौपाने प्रिन्सिपल, कलेज अफ बिजनेस म्यानेजमेन्ट

सिविएम कलेजको विशेषता के हो ?

व्यवहारिक, वैचारिक तथा प्रयोगात्मक शिक्षा प्रदान गर्ने उद्देश्यका साथ सञ्चालनमा आएको हो कलेज अफ विजनेस म्यानेजमेन्ट (सिविएम) । युवा, दक्ष तथा अनुभवी प्राध्यापक रहेको यस कलेजमा आधुनिक तथा नविनतम विधि तथा प्रविधिको प्रयोग गरी अध्ययापन गरिँदै आएको छ ।

कलेजले कुन कुन विषय पढाउँदै आएको छ ?

हाम्रोमा प्लस टु, ब्याचलर्स र मास्टर्स पढाई हुन्छ । प्लस टुमा साइन्स र म्यानेजमेन्टको पढाई हुन्छ । ब्याचलरमा बीबीएस र बीबीएमको कोर्ष सञ्चालनमा छ भने मास्टर्समा एमबीएस को कोर्ष सञ्चालनमा छ ।

विद्यार्थी अभिभावको रोजाईं कुनमा बढी छ ?

म्यानेजमेन्टको स्कोप अहिले धेरै राम्रो रहेको र विश्वव्यापी रूपमा नै म्यानेजमेन्टका विद्यार्थीको माग बढिरहेको छ । नेपाललाई म्यानेजमेन्ट र टेक्नोलोजीको हबको रूपमा विकास गर्नुपर्छ भन्ने हाम्रो भिजन हो ।

विद्यार्थीले सिविएम नै किन रोज्ने ?

jutta mela

नेपालमा व्यवहारिक शिक्षा दिने शिक्षकको आवश्यकता छ भन्ने कुरा विभिन्न खोजले देखाउँछ । हामी प्रयोगात्मक तथा व्यवहारिक शिक्षा हामी प्रदान गर्छौ । विद्यार्थीको क्षमता तथा प्रतिभा प्रस्फुटनका लागि विभिन्न अतिरिक्त क्रियाकलाप तथा गतिविधी पनि कलेज सञ्चालन हुने गरेका छन् ।
राष्ट्रियस्तरमा मात्र नभई अन्तरराष्ट्रियस्तरमा नै प्रतिस्पर्धा गर्नसक्ने विद्यार्थी उत्पादन गर्ने उद्देश्यअनुसार विद्यार्थीलाई हामीले अध्यापन गर्दै आइरहेका छौं । म्यानेजमेन्टतर्फ सीएहरू फ्याकल्टी मेम्वर रहेको यस कलेजमा साइन्समा रकेट प्रोजेक्टका डाइरेक्टर फ्याकल्टी मेम्बर हुनुुहुन्छ । हामीले ल्याब र वर्कसप वेसमा रहेर अध्यापन गर्छौं।

कस्ता/कति क्षमताका विद्यार्थीले सिविएमलाई छान्न पाउँछन् ?

हामीले सबै खालका विद्यार्थीलाई उत्तिकै प्राथमिकता दिएर अध्ययन गर्ने अवसर दिन्छौं । विद्यार्थीको आवश्यकता र स्तर अनुसार कलेजले शिक्षण गर्दै आइरहेको छ ।सरकारी विद्यालयबाट आउने र अंग्रेजीमा कमजोर विद्यार्थीको लागि कलेजले विशेष व्यवस्था गरेको छ । सामान्य कुराको ज्ञान नभएर अलमलमा परेका विद्यार्थीलाई बिना हिचकिचावट सामान्य कुरा सिक्ने वातावरण पनि कलेजले सृजना गरेको छ ।

व्यावहारिक शिक्षालाई प्राथमिकता दिने क्रम बढ्दो छ, सिविएमले त्यसलाई कसरी व्यवस्थापन गरेको छ ?

म्यानेजमेन्ट क्षेत्रमा केही गर्छु भन्ने विद्यार्थी आफ्नो प्राथमिकतामा रहेको र बिजनेश गर्न चाहने, कर्पोरेट ग्रुपको लिड गर्न चाहने, विद्यार्थीलाई फोकस गर्दै आएका छौं । त्यसैगरि प्लस टु मा साइन्स अध्ययन गरेर जुनसुकै क्षेत्रमा जान चाहने विद्यार्थीका लागि सिविएम उत्कृष्ट गन्तव्य हो, उनले हामीले ट्यालेन्ट विद्यार्थीलाई मात्र फोकस गरेका छैनौं । सबै स्तरको विद्यार्थीलाइ लक्षित गरेका छौं । सबै विद्यार्थीको क्षमता पहिचान गरेर त्यसमा निखारता ल्याउने काम गरेका छौं ।

कलेजमा होस्टल र यातयातको व्यवस्था पनि छ ?

टाढाबाट आएर पढ्न चाहने विद्यार्थीको लागि होस्टल पनि छ । काठमाडौं कै अन्य ठाउँबाट आउनेलाई यातायातको व्यवस्था पनि कलेजले गरेको छ । विपन्न तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था रहेका छौं, फी तिर्ने विद्यार्थीका हकमा पनि कलेजमा सुलभ शुल्कमा अध्ययन गर्ने अवसर दिएको छ ।

You might also like

Comments are closed.