कलेज अफ बिजनेश म्यानेजमेन्टमा विद्यार्थीलाई छुट नै छुट

काठमाडौं । कलेज अफ बिजनेश म्यानेजमेन्ट (सिबिएम) काठमाडौंमा भर्ना हुन चाहने विद्यार्थीलाई कलेजले विभिन्न छुटहरु प्रदान गरेको छ । एसइइ रिजल्टको आधारसहित अन्य विभिन्न मापदण्डका आधारमा छुट तथा छात्रवृत्ति प्रदान गर्न लागिएको प्रिन्सिपल सिए सुमन न्यौपानेले जानकारी दिए ।

कोभिड १९ को महामारीलाई मध्यनजर गर्दै सकेसम्म सबै वर्ग र सबै क्षेत्रका विद्यार्थीलाई समेट्ने उद्देश्यले छात्रवृत्तिलाई प्राथमिकता दिएको न्यौपानले बताए । ‘धेरै भन्दा धेरै विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरी शुलभ शुल्कमा स्तरीय शिक्षा प्रदान गर्नु नै हाम्रो उद्देश्य हो,’ उनले भने ।

एसइइको रिजल्टको आधारमा

jutta mela

एसइइको रिजल्टको आधारमा ५० जना विद्यार्थीका लागि छुट प्रदान गर्न लागिएको छ । यो कोटा अन्तर्गत ४ जिपिए ल्याउने विद्यार्थीलाई मासिक शुल्कमा शतप्रतिशत र भर्नामा ५० प्रतिशत छुट प्रदान हुनेछ । जिपिए ३.८ देखि ४ सम्म ल्याउने विद्यार्थीलाई मासिक शुल्कमा शतप्रतिशत छुट र ३.८० भन्दा कम जिपिए ल्याउने विद्यार्थीका लागि मासिक शुल्कमा ८० प्रतिशत छुटको व्यवस्था गरिएको न्यौपानेले जानकारी दिए ।

प्रवेश परीक्षाको आधारमा

प्रवेश परीक्षाको आधारमा २ सय ७५ जना विद्यार्थीलाई विभिन्न छुट प्रदान गर्न लागिएको कलेजले जनाएको छ । प्रवेश परीक्षामा ९० भन्दा माथि अंक ल्याउनेलाई मासिक शुल्कमा शतप्रतिशत र भर्ना शुल्कमा ५० प्रतिशत छुट प्रदान हुनेछ । ७० देखि ९० सम्म अंक ल्याउने विद्यार्थीका लागि मासिक शुल्कमा शतप्रतिशत छुट हुनेछ । ७० भन्दा कम ल्याउने विद्यार्थीका लागि मासिक शुलकमा ८० प्रतिशत छुट प्रदान गरिने न्यौपानेले जानकारी दिए ।

दुर्गम क्षेत्र र अल्पसंख्यकलाई पनि छुट

दुर्गम क्षेत्रका विद्यार्थीको लागि ३० जनाको कोटामा छुट दिन लागिएको छ । यसमा मासिक शुल्कमा शतप्रतिशत छुट प्रदान हुनेछ । अल्पसंख्यक विद्यार्थीको लागि ३० कोटा छुट्याइएको छ । यो कोटामा परेको विद्यार्थीले पनि मासिक शुल्कमा शतप्रतिशत छुट पाउनेछन् ।

त्यसैगरी खेलकुद तथा कलामा अब्बल विद्यार्थीका लागि २५ कोटा छुट्याइएको छ । यसमा पनि मासिक शुल्कमा शतप्रतिशत छुट प्रदान हुनेछ । आर्थिक अवस्था कमजोर भएका विद्यार्थीका लागि ५० सिटमा छुट प्रदान गरिनेछ । ‘यो कोटामा परेका विद्यार्थीले पनि मासिक शुल्कमा शतप्रतिशत छुट पाउनेछन,’ उनले भने ।

फरक क्षमता भएका ५ जना विद्यार्थीले छुट पाउनेछन् । यसमा परीक्षा शुल्क बाहेक अन्य सबै शुल्क छुट प्रदान हुनेछ । फुल स्कलरसिपको लागि १० सिट छन् । यसमा पनि परीक्षा शुल्क बाहेक अन्य सबै शुल्क छुट प्रदान हुनेछ । कक्षा ११ मा मात्र नभई १२ मा पनि छात्रवृत्तिको व्यवस्था गरिएको कलेजले जनाएको छ ।

You might also like

Comments are closed.