टाइम, कस्ट र क्वालिटीमा ध्यान दिने ‘सिई कन्स्ट्रक्सन’ ३०औं वर्षमा प्रवेश

काठमाडौं । निर्माण क्षेत्रको सुप्रशिद्ध कम्पनी सिई कन्स्ट्रक्सनले स्थापनाको ३० वर्ष प्रवेश गरेको छ । कम्पनीले वैशाख १० गते शुक्रबार २९औं वार्षिकोत्सव मनाएको छ ।

वार्षिकोत्सवको अवसरमा कम्पनीका अध्यक्ष तथा प्रवन्ध निर्देशक विजय राजभण्डारीले सीई परिवार, साझेदारहरू, प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सम्बन्धित सरोकारवालाहरू, ग्राहकहरू र शुभचिन्तकहरू लगायत सम्पूर्णमा आभार तथा कृज्ञतज्ञा ज्ञापन गरेका छन् । वार्षिकोत्सवको अवसरमा कम्पनीका तर्फबाट शुक्रबार बिहान कार्यबिनायकमा पूजा गरिएको छ । त्यसैगरी कोरोना संक्रमण जोखिमलाई मध्यनजर गरी कम्पनीले जुम प्रविधिबाट वार्षिकोत्सव विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

सिई कन्स्ट्रक्सन नेपालको प्रशिद्ध निर्माण कम्पनी हो । कम्पनीले स्थापनाको २९ वर्षसम्ममा ३ सय भन्दा बढी प्रोजेक्ट सम्पन्न गरिसकेको छ । कम्पनीमा १ हजार ३ सय भन्दा बढी कर्मचारी प्रत्यक्ष आबद्ध छन् । जोइन्ट भेन्चर ३० भन्दा बढी छन् । सिइ आइएसओ सर्टिफाइड कम्पनी हो ।

कम्पनीले ‘टाइम’, ‘कस्ट’ र ‘क्वालिटी’मा विशेष ध्यान दिने गरेको अध्यक्ष राजभण्डारीले बताए । ‘हामीले समय, क्वालिटी, प्रोजेक्ट म्यानेजमेन्टलाई विशेष ध्यान दिन्छौं,’ उनले भने, ‘पैसा तिरेपछि त्यही अनुसारको प्रोडक्टको आशा राख्नु स्वभाविक नै हो । प्रोजेक्टका लगानीकर्ताको आशा र चाहना अनुसार हामीले गुणस्तरीय काम समयमा नै सम्पन्न गर्ने गरेका छौं ।’

कम्पनीले गोकर्ण गल्फ रिसोर्ट, लुम्बिनीको द ग्रेट लोटस स्तुपा, होटल एम्बास्डर, म्यारियट होटल, लैनचौरको एनसेल टावर, ग्राण्डी हस्पिटल लगायतका प्रोजेक्टको काम गरिसकेको छ । हाइड्रोपावरतर्फ अपर सोलुको काम सम्पन्न गरिसकेको छ भने ८६ मेगावाटको सोलु दुधकोशी, १११ मेगावाटको निलगिरी, ४९ मेगावाटको मिडिल मेवा लगायतका प्रोजेक्टको काम गरिरहेको छ ।

काठमाडौं सहित देशका मुख्य शहरमा रियलस्टेटमा काम गर्ने अग्रणी कम्पनीमा सिई कन्स्ट्रक्सन पर्छ । कम्पनीले अहिले देशभर विभिन्न क्षेत्रमा ४० भन्दा बढी ठूला प्रोजेक्टमा काम गरिरहेको छ ।

You might also like

Comments are closed.