सेञ्चुरी कमर्सियल बैंक र सिद्धार्थनगर सिटी अस्पतालबीच सम्झौता

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड भैरहवा शाखा र सिद्धार्थनगर सिटी अस्पतालबीच छुट सम्झौता भएको छ । उक्त सम्झौता पश्चात बैंकका कर्मचारी तथा ग्राहकले विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशतसम्म छुट पाउने भएका छन् ।

आज भएको  सम्झौतापत्रमा सिद्धार्थनगर सिटी अस्पतालका तर्फबाट प्रवन्ध निर्देशक अर्जुन पौडेल र बैंकको तर्फबाट भैरहवा शाखा प्रमुख प्रकाश गौतमले हस्ताक्षर गरेका छन् ।

बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाईल बैंकिङ प्रयोगकर्ता, सम्पूर्ण ग्राहकवर्गहरु तथा बैकका कर्मचारीहरुलाई सिद्धार्थनगर सिटी अस्पतालमा १० प्रतिशतसम्म छुट प्रदान गर्ने गरी सम्झौता भएको हो ।

त्यस्तै ओपिडी टिकट, ल्याव शुल्क, एक्सरे, भिडियो एक्सरे, बेड चार्ज जेनेरल, फिजियो थेरापीमा १० प्रतिशत र बेड/क्याविन चार्जमा ५ प्रतिशत छुट दिने सम्झौता भएको छ ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका १४५ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

You might also like

Comments are closed.