काठमाडौं । नेपालका लागि सीएफमोटोको अधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले एनके २५० ग्रान्ड एक्सचेन्ज कार्निभल सञ्चालन गर्ने भएको छ ।
भोली अर्थात् शनिवारको दिन आफ्नो नक्सालस्थित शोरूम प्राङ्गणमा एकदिने एनके २५० ग्रान्ड एक्सचेन्ज कार्निभल सञ्चालन गर्ने भएको हो । छुट्टीको दिन सदुपयोग हुने गरी कम्पनीले आफ्नो एनके २५० मोडललाई विशेष लक्षित गर्दै ५ भन्दा बढी रिकन्डिसन हाउसको प्रत्यक्ष उपस्थितिमा प्रतिष्पर्धात्मक मूल्याङ्कन गराउने गरी कार्यक्रम गरिनेछ ।
कार्निभलमा विभिन्न ब्रान्डका मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्न आउने ग्राहकलाई एनके २५० मोडल खरिद गर्दा बजार मूल्याङ्कनमा ५० हजार रुपैयाँ थप मूल्याङ्कन कम्पनीको तर्फबाट उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
फाइनान्समा खरिद गर्दा ५० प्रतिशत डाउनपमेन्ट गरी बाँकी रकम शून्य प्रतिशत ब्याजदरमा उपलब्ध गराइने, नगद खरिदमा उचित छुट प्रदान गरिनुका साथै सो मोडलमा ५ वर्ष सम्मको वारेन्टी उपलब्ध हुनेछ । पहिलो पटक यति धेरै अफर तथा सुविधाको साथ कम्पनीले यो कार्निभल गर्न लागेको हो ।
हाल सीएफमोटो ब्रान्डको बिक्री मात्र नभई पाट्र्स तथा सर्भिस समेतको फरक अनुभव लिन सक्ने तथा सहज एवम् सुपथ मूल्यमै पाट्र्स उपलब्ध गराइरहेको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले उपत्यकाभित्र कालोपुल, बबरमहल र सल्लाघारीस्थित आफ्नो आधिकारिक सर्भिस सेन्टरबाट र उपत्यका बाहिर अनुभव प्राप्त ग्यारेजसँग सहकार्य गरी विर्तामोड, इटहरी, हेटौंडा, चितवन, बुटवल, नेपालगञ्ज र पोखरामा समेत सेवा उपलब्ध गराउदै आएको छ ।
Comments are closed.