काठमाडौं । सीजी डिजिटलले आफ्नो सेवा विस्तार गर्दै बिर्तामोड, दमक, वीरगञ्ज, नवलपरासी र काठमाडौंको बिशालनगरमा नयाँ शोरूम सञ्चालनमा ल्याएको छ ।
यी शाखामा ग्राहकले रेफ्रिजरेटर, वाशिङ मेसिन, एलईडी टिभी, चिम्नी, ग्यास चुल्हो, भान्साका उपकरणहरू लगायतका धेरै प्रकारका इलेक्ट्रोनिक्स उत्पादनहरू पाउन सक्नेछन् । जहाँ अन्तर्राष्ट्रिय स्तरका उत्कृष्ट ब्रान्डहरू जस्तैः एलजि, सिजि, टिसिएल, गोद्रेज, बेको, मिडिया, केन्ट, इलिका, सेन्सइ, ब्याक प्लस डेकेर, क्रप्टन, नोथिङ र एप्पल आईफोन लगायतका उत्पादनहरू उपलब्ध छन् ।
आफ्ना सामानको प्रदर्शन र सुपत मूल्यमा बिक्रि वितरण तथा अन्तराष्ट्रिय स्तरको ग्राहकको सेवा, बिशेष जानकारी तथा प्रयोगबारे शिक्षा प्रदान गराउने उदेश्य सहित शोरुम सञ्चालन गरिएको छ । दक्ष र अनुभवी बिक्रेताबाट यहाँ भएका बिधुतिय सामग्रीको पूर्ण जानकारी र यस विशेष अवसरमा ग्राहकले ३० प्रतिशतसम्मको विशेष छुट पाउन सक्नेछन् । तर यो छुट सीमित अवधिका लागि मात्र मान्य हुनेछ ।
नयाँ शाखामा निः शुल्क कुकिंग क्लास र लाइभ डेमोको समेत व्यवस्था गरिएको छ, जसमा सहभागी भई नयाँ तथा रोचक खाना पकाउने कला सिक्न सकिनेछ । नेपालकै सबैभन्दा ठूलो मल्टीब्रान्ड इलेक्ट्रोनिक्स शोरूम का रूपमा, ग्राहकको आवश्यकता पूरा गर्न उत्कृष्ट सेवाहरू प्रदान गर्दै आएको छ । यसमा निःशुल्क डेलिभरी, निःशुल्क स्थापना, अन स्पट ईएमआई, एक्सचेन्ज अफर र लोयल्टी पोइन्टहरू जस्ता सुविधाहरू पनि समावेश छन् ।
यी ५ वटा समेत गर्दा सीजी डिजिटलका शाखाको संख्या २७ पुगेको छ, जसले देशभरका ग्राहकलाई उच्च गुणस्तरीय उत्पादन र सेवा उपलब्ध गराउने कामलाई अझ प्रभावकारी बनाएको छ ।
Comments are closed.