सीजी मोटर्सको एक्सचेन्ज मेला सुरु, फागुन २७ सम्म चल्ने मेलामा ग्राहकलाई बिशेष छुट

काठमाडौं । नेपालको प्रमुख ईभी विक्रेता सीजी मोटर्सको एक्सचेन्ज मेला सुरु भएको छ । यही फागुन २० देखि सुरु भएको मेला २७ गतेसम्म चल्नेछ ।

ईभी एक्सचेन्ज कार्यक्रममा ग्राहकले पूराना सवारी साधनलाई नयाँ इलेक्ट्रिक गाडीहरू साट्न सक्ने लाभदायक अवसर पाइनेछ भने जसमा एयोन, एक्स्पेङ, डायुन, र नेटा जस्ता प्रमुख अन्तर्राष्ट्रिय ब्रान्डका गाडीहरू समावेश गरिएको छ । थापाथलीस्थित आफ्नो शोरूममा एक्सचेन्ज मेला चलिरहेको कम्पनीले जनाएको छ ।

मेलामा ग्राहकले एक्सचेन्ज बोनस, आकर्षक छुट, निःशुल्क एक्सेसोरीहरू र सजिलो फाइनान्सिङका विकल्पहरू जस्ता विशेष फाइदाहरू पाउन सकिनेछ । ग्राहकले यस कार्यक्रममा निःशुल्क ७ किलोवाटको चार्जर, एक आर्थिक वर्षको निःशुल्क सवारी कर र अटो प्लस बीमा पनि प्राप्त गर्नेछन् । सीजी मोटर्सले पुराना गाडीको उत्कृष्ट मूल्याङ्कन गर्ने भएकाले इलेक्ट्रिक गाडीमा अपग्रेड गर्न चाहने ग्राहकका लागि यो उत्कृष्ट अवसर हुनेछ ।

सहभागीको अनुभवलाई थप आकर्षक बनाउँदै कम्पनीले टेस्ट ड्राइभ गर्ने इच्छुक ग्राहकलाई टेस्ट ड्राइभमा विशेष उपहार पनि प्रदान गरिएको छ । साथै, सहभागीले आईफोन १६ लक्की ड्र मार्फत जित्न सक्नेछन् । सीजी मोटर्सको एक्सचेन्ज मेलाले नेपालमा इलेक्ट्रिक सवारी साधनलाई थप प्रवद्र्धन गर्नेछ ।

ग्राहकले थापाथलीस्थित ब्रान्डका शोरुममा गएर सीमित समयको अवसरको फाइदा उठाउन सक्ने कम्पनीले जनाएको छ । थप जानकारी लिनु परेमा ९८०२३७५६४३, ९८०१४६२८२५, ९८०२३७५६१३ र ९८४०२४२७४६ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

You might also like

Comments are closed.