गण्डकी प्रदेश चेम्बर अफ कमर्शमा मनोनित

पोखरा । गण्डकी प्रदेश चेम्बर अफ कमर्शका अध्यक्ष यदुनाथ अधिकारीले रिक्त पदपूर्ति गरेका छन् । प्रदेशको उपाध्यक्ष किसान सुनार र भाइकाजी श्रेष्ठलाई मनोनित गरेका छन् ।

महासचिव राजु श्रेष्ठ मनोनित भएका छन् । सदस्यहरू यमनाथ पौडेल, तेजेन्द्र पौडेल र श्रीबहादुर गुरूङलाई मनोनित गरिएको अध्यक्ष अधिकारीले जानकारी दिए । ‘गण्डकी प्रदेश चेम्बर अफ कमर्शका गतिविधि सञ्चालनका लागि राम्रो टिम बनेको छ,’ अधिकारीले भने ।

You might also like

Comments are closed.