काठमाडौं । चन्द्रागिरी केबलकार सञ्चालनको समय थप भएको छ । बुधबार एक सूचना जारी गर्दै पर्यटकको सुविधालाई मध्यनजर गर्दै केबलकार सञ्चालन गर्ने समय थप गरिएको जनाइएको छ ।
चन्द्रागिरी केबलकार आगामी साउन १ गतेदेखि बिहान ८ बजेदेखि राती ९ बजेसम्म सञ्चालन गरिने जनाइएको छ । मध्याह्न १२ बजेदेखि दिउँसो १ बजेसम्म र साँझ ५ः३० बजेदेखि ६ः१५ सम्म केबलकार विश्राम रहने जनाइएको छ ।
त्यस्तै, आगामी साउन १ गतेदेखि केबलकारको टिकट दररेट पनि परिवर्तन गरिएको छ । अब केबलकार चढ्दा दुईतर्फी करसहित नेपालीहरुका लागि ७९९ रुपैयाँ, सार्क देशका नागरिकका लागि १ हजार २८०, चिनियाँ नागरिकका लागि १५ अमेरिकी डलर र अन्य विदेशीहरुका लागि २२ अमेरिकी डलर तोकिएको छ ।
त्यस्तै, एकतर्फी करसहित नेपालीहरुका लागि ७९९ रूपैयाँ, सार्क देशका नागरिकका लागि ७६०, चिनियाँ नागरिकका लागि ९ अमेरिकी डलर र अन्य विदेशीहरुका लागि १३ अमेरिकी डलर तोकिएको छ ।
Comments are closed.