सञ्चालकहरुको क्षमता अभिबृद्धि गर्न चन्द्रागिरि साकोसद्वारा तालिम सञ्चालन

काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले सञ्चालकहरुको क्षमता अभिबृद्धिका लागि सि.यु.डि.सी पुनर्ताजगी तालिम आयोजना गरेको छ ।

शुक्रबारबाट सुरु भएको तालिम शनिबारसम्म चल्ने सहकारी संस्थाले जनाएको छ ।त्यसैगरी सदस्यहरुको क्षमता अभिबृद्धि र अन्तरक्रियाको लागि भने साउन २८ गते शनिवार कार्यक्रम हुने संस्थाले बताएको छ ।

सदस्यहरुलाई क्षमता अभिबृद्धि, अन्तरक्रिया र विस्तारित भेलाहरुमा सहभागी गराउँदै लैजाने र आवश्यकता अनुसार उद्यमशीलता अभिबृद्धिका तालिमहरु पनि सञ्चालन गर्ने सहकारीको लक्ष्य छ ।

 

MANASLU

You might also like

Comments are closed.