पोखरा । अत्याधुनिक सेवा सुविधासहित सञ्चालनमा आएको चरक मेमोरियल हस्पिटलले कोरोनाका बिरामीलाई विशिष्ट सेवासहित उपचार गरेको छ । देशभर फैलिएको कोरोना महामारीको समयलाई ध्यानमा राख्दै पोखराको नागढुंगामा रहेको हस्पिटलले कोरोनाका बिरामीलाई ‘क्रिटिकल केयर युनिट’बाट उपचार सेवा प्रदान गरिरहेको प्रवन्ध निर्देशक कपिल पोखरेलले जानकारी दिए ।
गण्डकी प्रदेशसहित देशभरबाट कोरोनाका बिरामी हस्पिटलमा उपचारका लागि आउने गरेको पोखरेलले बताए । ‘पोखरा तथा गण्डकी प्रदेशसहित दाङ, विरगन्ज, धनगढी लगायतका ठाउँबाटसमेत हस्पिटलमा बिरामी उपचारका लागि आएका छन्,’ उनले भने, ‘हस्पिटलले विशिष्ट सेवासहित कोरोना संक्रमितको उपचार गरिरहेको छ ।’
नेपालमा दोस्रो लहरको कोरोना संक्रमण दर दिनप्रतिदिन बढेसँगै हस्पिटलले सरकार तथा स्थानीय तहसँग समन्वय गरी कोरोना बिरामीलाई उपचार सुरु गरेको हो । यस अगाडि अघिल्लो वर्ष कोरोना संक्रमणको पहिलो चरणमा पनि हस्पिटलले कोरोना बिरामीलाई उपचार सेवा प्रदान गरेको थियो ।
सय बेड क्षमता रहेको हस्पिटलमा ३० वटा क्याबिन रहेको व्यवस्थापक प्रदीप शर्माले जानकारी दिए । आईसीयू १७ वटा र भेन्टिलेटर ७ वटा छन् । चौबीसै घण्टा बिरामीको लागि आवश्यक अक्सिजन सप्लाई सुविधा छ ।
डाक्टर तथा नर्सको प्रत्यक्ष निगरानीमा उपचार सुविधा रहेकाले अस्पतालमा बिरामीका आफन्त नभएपनि दैनिक रुपमा घरपरिवारका सदस्यलाई रिपोर्टसमेत उपलब्ध गराइन्छ । अस्पतालले आईसीयू, एनआईसीयू, सीटी स्क्यान, सीटी एनजीओ, क्याथ ल्याब, आधुनिक मोडलुर ओटी लगायत आधुनिक प्रविधिमा आधारित रही सहुलियत दरमै उपचार सुविधा प्रदान गरिरहेको बरिष्ठ फिजिसियन तथा अध्यक्ष डा.बद्री पौडेलले बताए
र यो पनि
Comments are closed.