चौधरी फाउन्डेसनद्वारा सारिका देवी इमर्जेन्सी वार्ड हस्तान्तरण

काठमाडौं । चौधरी फाउन्डेसनले कान्ति बाल अस्पतालमा तयार पारेको २५ सैया सारिका देवी इमर्जेन्सी वार्डको आज हस्तान्तरण गरेको छ ।

फाउन्डेसनले अस्पतालाई बुधबार उक्त वार्ड हस्तान्तरण गरेको हो । आम नेपाली जनताका छोराछोरीको उपचार हुने यस अस्पतालको विस्तारमा योगदान पुर्‍याउन पाउँदा निकै खुशी लागेको विनोद चौधरीले आफ्नो फेसबुकमा सेयर गरेका छन् ।

चौधरीले फेसबुकमा लेखेका छन्, ‘चौधरी फाउन्डेसनले कान्ति बाल अस्पतालमा तयार पारेको २५ शैयाको अत्याधुनिक सारिका देवी चौधरी इमर्जेन्सी वार्डको आज हस्तान्तरण गरिएको छ । आम नेपाली जनताका छोराछोरीको उपचार हुने यस अस्पतालको विस्तारमा योगदान पुर्‍याउन पाउँदा निकै खुशी लागेको छ ।‍’

 

You might also like

Comments are closed.