विकासलाई अन्तर्राष्ट्रिय एजेण्डाको केन्द्रमा राखिनुपर्ने : चिनियाँ राष्ट्रपति

बेइजिङ  । चिनियाँ राष्ट्रपति सी जिनपिङले शुक्रबार विश्वव्यापी विकाससम्बन्धी उच्चस्तरीय संवादमा अन्तर्राष्ट्रिय एजेण्डाको केन्द्रमा विकासलाई राख्नुपर्नेमा जोड दिएका छन् ।

संयुक्त राष्ट्रसंघको दिगो विकासका लागि २०३० को एजेण्डालाई कार्यान्वयन गर्न विकासलाई सबै जनताले महत्व दिने विश्वका सबै मुलुकले राजनीतिक सहमति निर्माण गरेर अघि बढ्नुपर्ने उनले बताए ।

कोभिड–१९ महामारीले विगत धेरै वर्षमा विश्वव्यापी विकासको चरणलाई कमजोर बनाएको छ र संयुक्त राष्ट्रसंघको २०३० का लागि दीर्घकालिन विकासको एजेण्डालाई कार्यान्वयन गर्नुपर्नेमा उनको जोड थियो ।

jutta mela

उत्तर–दक्षिणको अन्तर बढ्दै गएको र विश्वले खाद्य तथा ऊर्जा सुरक्षा संकटको सामना गरिरहेको भन्दै चीनका राष्ट्रपति सीले विकासलाई केही देशहरूले राजनीतिकरण र सीमान्तीकरण गरिरहेको बताए ।

विश्व समुदायले शान्ति, विकास र सहकार्यका लागि अझ बलियो आकांक्षाहरू राखेको र उदीयमान बजार र विकासशील देशहरूले एकतावद्ध रहने र आत्मबल खोज्ने संकल्पलाई बलियो बनाउँदै जानुपर्नेमा उनले जोड दिए । (रासस/सिन्ह्वा)

You might also like

Comments are closed.