चितवन अटोमोवाइल्स एशोसिएसनको स्थापना दिवसमा रक्तदान

चितवन । चितवन अटोमोवाइल्स एशोसिएसनको २८औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । चितवन अटोमोवाइल्स एशोसिएसन र अटोमोवाइल्स बचत तथा ऋण सहाकारी संस्था लि.को संयुक्त आयोजनामा “कार्यक्रम भएको हो । कार्यक्रममा ५८ जनाले रक्तदान गरेका छन् ।

चितवन अटोमोवाइल्स एशोसिएसनका अध्यक्ष अमृत जोशीको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिका १० का वडाध्यक्ष तथा भरतपुर महानगरपालिकाका प्रवक्ता अरुपिडित भण्डारीले रक्तदान पुण्यकार्य रहेको भन्दै सामाजिक कार्यमा सबैजना सरिक भई यथासक्य धेरै रगत दान गर्न आव्हृान गरे । अटोमोवाइल्स क्षेत्रको लागी अति आवश्यक अटोल्याण्ड निर्माण सम्पन्न हुने उनले बताए ।

चितवन अटोमोवाइल्स एशोसिएसनका संस्थापक अध्यक्ष निरकुमार पियाको विशिष्ठ आतित्थ्यतामा सम्पन्न सो कार्यक्रममा अटोमोवाइल्स बचत तथा ऋण सहाकारी संस्था लि.का अध्यक्ष भिमलाल न्यूरेले स्वागत गरेका थिए । सो कार्यक्रममा अटोमेकानिकल व्यवसायी संघका अध्यक्ष प्रेमप्रसाद पाण्डे, चितवन अटोमोवाइल्स डिलर्स एशोसिएसनका उपाध्यक्ष गोपाल भट्टराई र चितवन अटोमोवाइल्स रिकण्डिसन व्यवसायी संघका उपाध्यक्ष दिपक खड्का लगायत उपस्थित थिए ।

चितवन अटोमोवाइल्स एशोसिएसनका अध्यक्ष अमृत जोशीले संस्थाले प्रत्येक बर्ष गर्दै आएको विभिन्न सामाजिक कार्यहरु मध्ये यस बर्ष रक्तदान कार्यक्रम गरेको र अन्य कार्यलाईपनि निरन्तरता दिनेकुरा जानकारी गराए । चितवन अटोमोवाइल्स एशोसिएसनका द्धितिय उपाध्यक्ष कुल बहादुर क्षेत्रीको संयोजकत्वमा सम्पन्न कार्यक्रम सचिव राजेन्द्र भट्टराईले संचालन गरेका थिए ।

You might also like

Comments are closed.