काठमाडौंमा बालेनको अग्रता, स्थापित ६ हजार मतले पछाडि

 

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो अग्रतालाई कायमै राखेका छन् । ताजा अवस्थामा शाहले ६ हजार मतले अग्रता लिइरहेका छन् ।

अहिलेसम्म ३३ हजार दुई सय २२ मत गन्दा साहले १२ हजार आठ सय ७७ मतसहित अग्रता लिइरहेका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापित ६ हजार आठ सय ७८ मतले पछि छन् । मेयरमै गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले ६ हजार एक सय एक मत प्राप्त गरेकी छन् ।

त्यस्तै उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलले पनि फराकिलो अग्रतालाई कायमै राखेकी छन् । डंगोलले १२ हजार तीन सय १५ मतसहित अग्रता लिइरहेकी छन् । उपमेयरमै गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ३ हजार सात सय १५ मत प्राप्त गरेका छन् ।

You might also like

Comments are closed.