सिटिजन्स बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड २२ लाख बढी सहयोग

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा रु. २ करोड २२ लाख २२ हजार २ सय २२ सहयोग प्रदान गरेको छ।

देशका विभिन्न भागमा आएको बाढी, पहिरो तथा प्राकृतिक विपद्का कारण प्रभावित भएका नागरिकहरूको राहत, उद्धार र पुनस्र्थापना कार्यमा सहयोग पु¥याउने उद्देश्यले बैंकले सो रकम हस्तान्तरण गरेको हो । बैंकका अध्यक्ष प्रवज जंग पाण्डे लगायतको टोलीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई उक्त रकमको चेक हस्तान्तरण गरेका छन् ।

सिटिजन्स बैंकले आफ्नो व्यावसायिक यात्रासँगै सामाजिक दायित्वलाई पनि सँगसँगै अगाडि बढाउँदै आएको छ । देशमा आइपर्ने संकट तथा विपत्तिका समयमा सरकारसँग हातेमालो गर्दै बैंकले नागरिकको सहायता र पुनर्निर्माणका कार्यहरूमा निरन्तर सहयोग पु¥याउने प्रतिबद्धता व्यक्त गरेको छ ।

You might also like

Comments are closed.