काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले मैतिदेवी स्थित स्थानान्तरित शाखा कार्यालयको उद्घाटन गरेको छ । कम्पनीका ब्रान्ड एम्बेसेडर द्घय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले उद्घाटन गरेका हुन् ।
कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल, प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमाल, मध्य र मध्य पश्चिम क्षेत्रका प्रमुख व्यवसाय अधिकृत सुनिल पोखरेल, विभागिय प्रमुख, कम्पनीका टप सिनियर एजेन्सी म्यानेजर लगायत सहभागी थिए ।
नयाँ स्थानमा शाखा कार्यालय स्थानान्तरणसँगै कम्पनीका सेवाग्राही र अभिकर्ताले थप सहज र गुणस्तरिय सेवा सुविधा प्राप्त गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृतले बताए । कम्पनीका ब्राण्ड एम्बेस्डर द्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले कम्पनीले अहिलेसम्म गरेको सफलतामा खुशी लागेको बताएका छन् ।
यस कम्पनीले हाल प्रधान कार्यालय समेत गरी १३६ शाखा उपशाखा कार्यालयमार्फत आधुनिक प्रविधिको प्रयोग गरी ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गरिरहेको छ ।
Comments are closed.