सिटिजन्स बैंकका ग्राहकलाई नयाँ बानेश्वर मल्टीप्लेक्समा बिशेष छूट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र काठमाडौंस्थित नयाँ बानेश्वर मल्टीप्लेक्स सेन्टरबीच छूटसम्बन्धी सम्झौता भएको छ । सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने सम्झौता गरिएको हो ।

सम्झौतापश्चात् बैंकका कार्डबाहकले मल्टीप्लेक्स सेन्टरमा रहेका वाइल्ड फेसन, किड्समाण्डु, मल्टी ब्रान्ड नेपाल, ओरिफ्लेम, जोकी, सिद्धार्थ फार्मेसी, प्रिज्म इफेक्ट, भिआर गेमिङ जोन, फेड हुड, ब्लायक रोज, डि डा कलेक्सन, माहा ज्वलरी, बेन्चमार्क, आशिका मेकअप स्टुडियो, जंगल रेस्टुरेन्ट, अटायर फर यू, डाँफे र श्यामाज र्हबल ब्यूटी सलुन एण्ड टे«निङ्ग सेन्टर गरी १८ वटा पसलहमा ३० प्रतिशतसम्मको आकर्षक छुट पाउने बताइएको छ ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने बैंकको भनाइ छ ।

jutta mela

You might also like

Comments are closed.