काठमाडौं । सिटिजन्स् बैंक इन्टरनेसनल लिमिटेड र वीरगंजको सूर्य हस्पिटल प्रा.ली बीच सम्झौता भएको छ । बैंकका ग्राहकलाई विशेष छुट दिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।
सो समझदारीपत्र अनुसार सिटिजन्स् बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकले सूर्य हस्पिटलमा १० प्रतिशत सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।
बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्दै समय–समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स् बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा ए.टि.एम., ३ विस्तार काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइबाट करिव १८ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।
Comments are closed.