सिटिजन्स बैंक र पोष्टम इन्फोसिस बीच साझेदारी

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सामाजिक सञ्जाल प्लेटफर्म पोष्टम बीच साझेदारी सम्पन्न भएको छ । यस साझेदारीले पोष्टमका प्रयोगकर्ताको आम्दानीलाई सिधै सिटिजन्स बैंकको खातामा ल्याउन मद्दत गर्नेछ ।

पोष्टम एप, पोष्टम इन्फोसिस प्रालीद्वारा डिजाइन गरिएको एक सामाजिक प्लेटफर्म हो जहाँ हरेक व्यक्तिले आफ्ना प्रस्तुतिको सृजना गर्न सक्छन र ती सृजना गरिएका प्रस्तुतिलाई विभिन्न माध्यममार्फत मोनिटाइज गर्न सक्नेछन ।

यो एपमार्फत सृजनाकर्ताले बिभिन्न विधामा जस्तै यात्रा, मनोरञ्जन, सेवा, मोटरवाहन, जानकारीमूलक, रचनात्मक र अन्य चुनौतीहरुमा केन्द्रित रहेर कन्टेन्ट निर्माण गर्न सक्नेछन् । यसरी सामाग्री बनाएर आय सृजना गर्ने पोष्टमका प्रयोगकर्तालाई प्रभावकारी वित्तीय पहुँच सिटिजन्स बैंकले दिलाउँनेछ ।

प्रयोगकर्ताले आफ्नो कमाईलाई सिधै सिटिजन्स बैंकको खातामा ल्याएर सुरक्षित राख्न सक्नेछन् । यस सहकार्यले सृजनाकर्तालाई उनीहरूको आम्दानी सिधै उनीहरूको सिटिजन्स बैंक खातामा जम्मा गरी झिक्न अनुमति दिएर वित्तीय प्रक्रियालाई सरलीकृत र सुव्यवस्थित बनाउने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ ईकाइबाट करिव १८ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

You might also like

Comments are closed.