सिटिजन्स बैंकको गर्यो गत आर्थिक वर्षको ४.२१ लाभांस प्रस्ताव

काठमाडौं । सिटिजन्स बैंक लिमिटेडले आर्थिक वर्ष २०८०/०८१ को लाभांस स्वीकृत गरेको छ ।

बैंकको सोमवार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई आ.व.०८०/०८१ को मुनाफाबाट ४.२१ प्रतिशत लाभांस स्वीकृत गरेको हो । नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लागु हुने गरी लाभांश स्वीकृत गरेको बैंकले जनाएको छ ।

सञ्चालक समितिको बैठकले प्रस्ताव गरे अनुसार आ.व ०८०/८१ को वितरण योग्य मुनाफाबाट २०८१ असार मसान्तको चुक्तापुँजी रु.१४ अर्ब २० करोड ९७ लाख ४ हजार ६ सयको ४ प्रतिशतले हुने रु ५६ करोड ८० लाख ३८ हजार ९६०.२३ बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांश ०.२१ प्रतिशतले हुने रु २ करोड ९८ लाख ९६ हजार ७८७.३८ सहित ५९ करोड ७९ लाख ३५ हजार ७४७.६१ दिने प्रस्ताव गरिएको छ ।

jutta mela

सो प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीलाई प्रस्तावित लाभांश वितरण गरिने बैंकले जानकारी दिएको छ । यस बैंकले २०६४ बैशाख ७ गतेबाट कारोवार सञ्चालन गरी विगत १८ वर्ष देखी वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

सर्वसाधारणलाई शेयर जारी गरेको आर्थिक वर्ष ०६५/६६ देखी नै शेयरधनीलाई निरन्तर लाभांश वितरण गर्न सफल भएकोे छ । आ.व. ०६५/६६ देखि आ.व. २०८०/८१ सम्मको औषत लाभांश दर ११.५६ प्रतिशत रहेका छ भने प्रस्तावित लाभांशसहित पछिल्लो १० वर्षको औषत लाभांश दर १२.१० प्रतिशत रहेको छ ।

सिटिजन्स बैंकले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ ईकाइबाट करिव १८ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

You might also like

Comments are closed.