सिटिजन्स बैंकको १८औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष प्रवलजङ्ग पाण्डेको अध्यक्षतामा सोमबार अमृतभोग कालिकास्थान डिल्लीबजार, काठमाडांैमा सभा भएको हो ।

यस अवसरमा आ.व. २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरिएको छ । बैंकको लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ असार मसान्तको एन।एफ।आर।एस बमोजिम तयार गरिएको वासलात, आ.व. २०८०/८१ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु सभामा छलफल भई स्वीकृत भएको छ ।

सभाले गत आर्थिक वर्ष २०८०/८१ को वितरण योग्य मुनाफाबाट २०८१ असार मसान्तको चुक्तापुँजी रु. १४ अर्ब २० करोड ९ लाख ७४ हजार ६ को ४ प्रतिशतले हुने रु ५६ करोड ८० लाख ३८ हजार ९६०/२३ बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांश ०.२१ प्रतिशतले हुने रु २ करोड ९६ लाख ७८ हजार ७/३८ सहित जम्मा रु ५९ करोड ७९ लाख ३५ हजार ७४७/६१ लाभांश दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।

सभाका अध्यक्ष पाण्डेले शेयरधनीबाट प्राप्त सुझाव अनुसार बैंकको काम कारवाही सञ्चालन गर्ने र भविष्यमा बैंकले अझबढी प्रगति हाँसिल गर्न सक्ने विश्वास सभालाई गराए । साथै संस्थागत सुशासन तथा अनुपालनाको स्तरलाई उच्चतम राख्ने विषयमा बैंकले सदैव महत्व दिँदै आएको छ । आगामी दिनमा समग्र बैंकको संस्थागत सुशासन तथा अनुपालनाको अवस्थालाई थप सबल तथा सुदृढ बनाउँदै जानेतर्फ बैंक प्रतिबद्घ रहेको छ ।

सिटिजन्स बैंकले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ ईकाइबाट १८ लाख भन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

 

 

You might also like

Comments are closed.