काठमाडौं । सिटिजन्स बैंक र नेपालको अग्रणी अनलाइन बजार दराज केयमु प्रा.लि. बीच सम्भmौता भएको छ । बैंकका कार्डबाहक ग्राहकलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता गरिएको हो । यो योजना नोभेम्बर ११ (कात्तिक २६ गते) देखि लागू हुनेछ ।
सिटिजन्स बैंकमा खाता रहेका ग्राहकले दराजद्वारा ११.११ को अवधिमा अनलाइन सामान खरिद गर्दा डेबिट कार्डमार्फत अग्रिम भुक्तानीमा १५ प्रतिशत वा अधिकतम रु २ हजार सम्मको छुट र क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानीमा २० प्रतिशत वा अधिकतम रु २५ सय सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
माथि उल्लिखित पूर्व भुक्तानी छुटहरू अभियानको अवधिमा सीमित अवधिको लागि मात्र लागू हुनेछ । बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय–समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।
सिटिजन्स बैंकले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ ईकाइबाट १८ लाख भन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।
Comments are closed.