काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ललितपुरको हरिसिद्धीमा नयाँ शाखा विस्तार गरेको छ । यहाँ विस्तार भएको बैंकको १९९औं शाखा हो । यससंगै काठमाडौं उपत्यकाभित्र बैंकको ४० वटा शाखाहरु र वाग्मती प्रदेशमा ५६ वटा शाखाहरु सञ्चालनमा रहेका छन् ।
हरिसिद्धीमा एक कार्यक्रमका बीच बैंक सञ्चालक समितिका अध्यक्ष प्रबलजंग पाण्डेले शाखा उद्घाटन गरेका हुन् । अध्यक्ष पाण्डेले ग्राहकलाई सर्वसुलभ र सुरक्षित बैंकिङ सेवा पु¥याँउदै उनीहरुको विश्वास र साथले नै यो स्थानसम्म आउन सफल भएको बताए ।
सो अवसरमा बैंक सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत र उच्च व्यवस्थापन, स्थानीय निकायका प्रतिनिधि, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवा लगायत सहभागी थिए । सुविधा सम्पन्न यस शाखामार्पmत ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा मझौला व्यवसायीमाझ वित्तीय पहुँच पु¥याउने लक्ष्य बैंकले राखेको छ ।
नयाँ शाखा सञ्चालनको अवसरमा यो शाखामा खाता खोल्दा कर्पाेरेट मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ जस्ता सेवाहरु पहिलो वर्ष निःशुुल्क प्राप्त गर्न सकिनेछ । डि(म्याट खाता खोल्दा लाग्ने शुल्कमा पहिलो वर्षको लागि छुटको व्यवस्था रहेको छ । साथै लकर सुविधा लिँदा लकर अनिवार्य मौज्दातमा २५ प्रतिशत र पहिलो बर्ष लकर शुुल्कमा ५० प्रतिशत छुट उपलब्ध रहेको छ ।
विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द ईयर २०२४’ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ । नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सिआरएन नम्बर सेवा लिन सकिने सुबिधा पनि ल्याएको बैंकले जनाएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९९ वटा शाखा, १६४ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ ईकाइबाट १८ लाख ५० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।
Comments are closed.