काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ७ वटै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ । बैंकको ७ प्रदेश अन्तर्गत ४९ शाखा कार्यालयबाट विभिन्न वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो । थिंक बिफोर यु फलो, वाइज मनि टुमरो भन्ने मूल नाराका साथ गत चैत ४ देखि १० गते सम्म सञ्चालन भएको ग्लोबल मनि विक हजारौँ सर्वसाधारण लक्षित वर्गलाई वित्तीय ज्ञान प्र्रदान गरिएको छ ।
ग्लोबल मनि विक अन्तर्गत बैंकले कोशी प्रदेशको भोजपुर, महेन्द्रचोक विराटनगर, विर्तामोड, इटहरी, कर्सिया र शहिदभूमि, मधेश प्रदेशको वीरगन्ज, निजगढ, बोदेबर्साइ र जनकपुर, बाग्मती प्रदेशको भरतपुर, भँैसेपाटी, मनहरी, मंगलपुर, चरिकोट, नारायणगढ, नारायणगोपाल चोक, धुम्बाराही, ग्वार्खो, नयाँबजार, हरिहरपुरगढी, ज्यामिरे, टाँडी, कुलेश्वर, टेकु, लामबगर, डिल्लीबजार र सिन्धुलीमा वित्तीय साक्षरताका कार्यक्रम सम्पन्न भएको छ ।
यसैगरी गण्डकी प्रदेशको अमरापुरी, धारापानी बाग्लुङ, चामे, दमौली, कावासोती र कोल्हुवा, लुम्बिनी प्रदेशको तुलसीपुर, जीतपुर, कालिकानगर, मनिग्राम, ओडारी, कोहलपुर र सुख्खानगर कर्णाली प्रदेशको जाजरकोट, जुम्ला, जुफल, सिमीकोट र नाम्खामा तथा सुदुरपश्चिम प्रदेशको ढकारी र पाटनमा विभिन्न वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी वित्तीय ज्ञान प्र्रदान गरिएको छ ।
कार्यक्रममा सहभागीलाई वित्तीय साक्षरताको आवश्यकता र महत्वको बारेमा जानकारी दिइएको छ । यस सँंगै वित्तीय साक्षरताको अवस्था र विद्युतीय बंैकिङको विकाससँगै बढेको अपराध र जोखिमको बारेमा समेत जानकारी गराइएको छ । नगद कारोबार, लेनदेन तथा विप्रेषण जस्ता वित्तीय कारोबार गर्ने क्रममा बंैकिङ प्रणालीकै प्रयोग गर्न समेत यस कार्यक्रमबाट आग्रह गरिएको छ । यसबाट बंैकिङ प्रणाली मजवुत हुने, युवा र विद्यार्थीमा वित्तीय ज्ञानको विकास हुने विश्वास बैंकले लिएको छ ।
विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द ईयर २०२४’ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ । नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सिआरएन नम्बर सेवा लिन सकिने सुबिधा पनि ल्याएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६७ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ ईकाइबाट १८ लाख ५० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।
Comments are closed.