wada auto show

काठमाडौं बाल अस्पताल निर्माण गर्न सिटिजन लाइफ इन्स्योरेन्सको रु ५ लाख सहयोग

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौं बाल अस्पताल निर्माणको लागि रु ५ लाख आर्थिक सहयोग गरेको छ । गत वर्ष पनि कम्पनीले अस्पताललाई आर्थिक सहयोग प्रदान गरेको थियो । काठमाडौं बाल अस्पताल निर्माणको उद्देश्य नेपालका लाखौं बालबालिकाको बढ्दो स्वास्थ्य सेवा आवश्यकता, विशेष गरी निम्न आय परिवारको बालबालिकाको लागी पहुँचयोग्य र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु हो ।

सिटिजन लाइफ इन्स्योरेन्सका अध्यक्ष प्रदीपजंग पाण्डे र प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले काठमाडौं इन्स्टीच्युट अफ चाइल्ड हेल्थका अध्यक्ष प्रोफेसर डा. भगवान कोइरालालाई ५ लाखको चेक हस्तान्तरण गरेका छन् । सिटिजन लाइफले आफ्नो सामाजिक जिम्मेवारी अन्तर्गत विभिन्न पहलहरु गर्दै समुदायमा सकारात्मक परिवर्तन ल्याउने कार्यक्रमहरु सञ्चालन गरी आफ्नो दायित्व पूरा गर्दै आएको छ ।

सिटिजन लाइफले विभिन्न शैक्षिक, स्वास्थ्य र पर्यावरणीय कार्यक्रमको आयोजना गरी नेपालका विभिन्न स्थानमा सामाजिक सुधारका लागि काम गर्दै आएको छ । भविष्यमा पनि कम्पनीले यस्ता सहयोग साथै अरु पनि सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिदैँ समुदायमा साकारात्मक प्रभाव पु¥याउने प्रयास गर्ने प्रतिवद्धता जनाएको छ ।

 

You might also like

Comments are closed.