हिमालय आँखा अस्पताल पोखरालाई सिटिजन्स बैंकद्वारा कुर्सी सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले पोखरा घारीपाटनमा अवस्थित हिमालय आँखा अस्पताललाई १० वेटिङ्ग कुर्सी सहयोग गरेकोे छ । अस्पतालले आफ्नो स्थापना देखि नै आँखामा समस्या भएका बिरामीलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सामाग्री हस्तान्तरण गर्दै यो सहयोगले अस्पतालमा आउने बिरामी साथै आगन्तुकको बसाइलाई सहज र आरामदायक बनाउने विश्वास व्यक्त गरेका छन् । आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ ।

विश्वकै प्रतिष्ठित अवार्ड ूबैंक अफ द ईयर २०२४ूको उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” सञ्चालनमा ल्याएको छ । नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सिआरएन नम्बर सेवा लिन सकिने सुबिधा पनि ल्याएको छ ।

सिटिजन्स बैंकले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ ईकाइबाट १८ लाख ५० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

 

 

You might also like

Comments are closed.