काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले धनुषाको जनकपुरधाम गाउँपालिका–४ अवस्थित सङ्कट मोचन देवसरन रामरती माध्यमिक विद्यालयलाई पङ्खा सहयोग गरेकोे छ ।
संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यार्थीको पठनपाठनलाई सहज बनाउन बैंकले पङ्खा सहयोग गरेको हो । यस विद्यालयमा करिब एक हजार बालबालिका अध्ययन गर्दै आइरहेका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले पङ्खा हस्तान्तरण गर्दै सानो भएपनि सहयोग गर्न पाउँदा खुशी लागेको बताए ।
आगामी दिनमा पनि संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बैंकले जनाएको छ ।
विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द ईयर २०२४’ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” सञ्चालनमा ल्याएको छ । साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सिआरएन नम्बर सेवा लिन सकिने सुबिधा पनि ल्याएको छ ।
सिटिजन्स बैंकले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ ईकाइबाट १८ लाख ८८ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।




Comments are closed.