सिटिजन्स बैंकको सहयोगमा दृष्टि फाउण्डेसन नेपाललाई सरसफाई तथा उपभोग्य सामग्री हस्तान्तरण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले धनगढीमा अवस्थित दृष्टि फाउण्डेसन नेपाललाई सरसफाई तथा उपभोग्य सामग्री सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले करिब २ महिनाका लागि पुग्ने गरी सरसफाई तथा उपभोग्य सामग्री उपलब्ध गराएको हो ।

विभिन्न दाताबाट चलेको यस फाण्डेसनमा करिब ६५ जना महिला र उनका बालबालिकालाई सहयोग गरिरहेको बैंकले जनाएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सामग्री हस्तान्तरण गर्दै यस्ता संस्थाले मानसिक स्वास्थ्य समस्याबाट पीडित र परिवारविहीन महिला र उनका बालबालिकाको हेरचाहको लागि समाजमा उदाहरणको रुपमा काम गरिरहेको बताए ।

संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने योजना रहेको जनाएकोे छ । फाउण्डेसनले लामो समय देखि निरन्तर रुपमा मानसिक स्वास्थ्य समस्याबाट पीडित, परिवारविहीन महिला र उनका बालबालिकाको क्षेत्रमा काम गर्दै आएको छ ।

हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” सञ्चालनमा ल्याएको छ । साथै मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सिआरएन नम्बर सेवा लिन सकिने सुबिधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ ईकाइबाट १८ लाख ९१ हजार भन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

You might also like

Comments are closed.