काठमाडौं । सिटिजन्स बैंकले गोकियो ल्याब्स प्रालिसँगको सहकार्यमा एपीआई बैंकिङ प्लेटफर्म र्यापिड सञ्चालनमा ल्याइएको छ ।व्यवसायिक बैंकिङलाई सरल, छिटो र सुरक्षित बनाउन डिजाइन गरिएको सुरक्षित एपीआई बैंकिङ प्लेटफर्म र्यापिड सञ्चालनमा ल्याइएको हो ।
यस सेवा अन्तर्गत प्रथम चरणमा, व्यवसायिक ग्राहकको सहमतिा र्यापिडले ग्राहकको ईआरपी प्रणालीलाई बैंक खातासँग प्रत्यक्ष रूपमा जडान गर्छ । जसले गर्दा ईआरपी भित्रैबाट वास्तविक समयमा ब्यालेन्स चेक र स्टेटमेन्ट हेर्न सकिन्छ । साथै दोस्रो चरणमा र्यापिड विश्वव्यापी मापदण्ड आईएसओ २००२२ तथा एमएफए र OAuth2 जस्ता प्रविधिहरू प्रयोग गरी भुक्तानी प्रारम्भ गर्ने सुरक्षित एपिआई उपलब्ध गराउनेछ ।
भुक्तानी स्वीकृतिका लागि हस्ताक्षरकर्ता (एकल वा बहु–हस्ताक्षर) परिभाषित गर्न सकिने, क्युआर कोड र कार्डमार्फत गरिएका कारोबारको सेटलमेन्ट डेटाको विस्तृत भुक्तानी विवरण प्राप्त गर्न सकिने, कर्मचारीको तलब भुक्तानीलाई छिटो प्रभावकारी र स्वचालित गराउन सकिने, एउटा खाताबाट अर्को खातामा रकमान्तर तथा अन्तर बैंक रकमान्तर सहज र सुरक्षित तरिकाले गराउन सकिने, अनलाइन खाता खोल्न सकिने जस्ता सेवाहरु उपलब्ध हुनेछन् ।
र्यापिडले व्यवसायिक प्रयोगकर्तालाई OAuth2 मार्फत सुरक्षित डिजिटल सहमतिद्वारा पूर्ण नियन्त्रण दिन्छ । प्रत्येक महत्त्वपूर्ण कार्यका लागि एक पटक प्रयोग हुने पासकोडको माध्यमबाट थप सुरक्षा प्रदान गर्छ । सम्पूर्ण डेटा आधुनिक पिकेआई प्रविधिको प्रयोगद्वारा पूर्ण रूपमा इन्क्रिप्ट गरिएको हुन्छ ।
र्यापिडले विश्वव्यापी आईएसओ २००२२ मापदण्डहरू पालना गर्छ । यसले वित्तीय डेटा स्पष्ट, स्थिर र विश्वासिलो ढाँचामा प्रस्तुत गर्न सुनिश्चित गर्दछ । व्यवसायिक ग्राहकले छिटो, सही र पूर्ण आत्मविश्वासका साथ वित्तीय कार्य गर्न सक्छन् । यो सेवाले व्यवसायिक ग्राहकको बैंकिङ कारोवारलाई धेरै नै सहज हुने विश्वास बैंकले लिएको छ ।
बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय–समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । सिटिजन्स बैंकले अहिले Digital Banking र Digitization adaptation मा Lead Strategy लिएर अगाडी बढ्दै आएको छ ।
हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ को उपाधि प्राप्त गर्न सफल भएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ ईकाइबाट १८ लाख ९८ हजार भन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।
Comments are closed.