काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले निर्माण गरेको यात्रु प्रतिक्षालय हस्तान्तरण तथा वृक्षरोपण कार्यक्रम गरेको छ ।
बैंकको बेनी शाखा म्याग्दीले बेनी नगरपालिका–६ जामुनाखर्कमा करिब ५० हजारको लागतमा निर्मित यात्रु प्रतिक्षालय वडाध्यक्ष कृष्णसिं बानियाँलाई हस्तान्तरण गरिएको छ । बाटो हिड्ने यात्री तथा स्थानीयबासीलाई मध्यनजर गर्दै प्रतिक्षालय निर्माण गरिएको हो ।
साथै बैंकले मंगलबार वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पस हेखाखर्का पोखरामा बृहत वृक्षरोपण गरेको छ । ‘बिट द प्लाष्टिक’ भन्ने मुल नारालाई आत्मसात् गर्दै बढ्दो जलवायु परिवर्तनको न्युनीकरणका लागि बोटविरुवा संरक्षणका वृक्षरोपण गरिएको हो । विश्व वातावरण दिवस २०२५ को अवसरमा पोखरा–१५ मा करिव एक सय बढी विभिन्न प्रजातिका विरुवा रोपिएको बैंकले जनाएको छ ।
हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” सञ्चालनमा ल्याएको छ साथै मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सिआरएन नम्बर सेवा लिन सकिने सुबिधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ ईकाइबाट १८ लाख ९८ हजार भन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।
Comments are closed.