काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले लुम्बिनी र कर्णाली प्रदेशमा वृक्षरोपण कार्यक्रम गरेको छ । बुधबारको लुम्बिनीको वनबाटिका तिलोत्तमा नगरपालिकामा र कर्णालीको भाइराम सामुदायिक वन, बिरेन्द्रनगरमा वृक्षरोपण भएको छ ।
लुम्बिनी प्रदेशमा विभिन्न प्रजातिका १०५ विरुवा र कर्णालीमा एक सय बढि विरुवा रोपण गरिएको बैंकले जनाएको छ । बैंकले मुलुकका विभिन्न स्थानमा स्वास्थ्य शिविर, सामुदायिक विद्यालय एवं मठमन्दिरमा सहयोगका कार्यक्रम गर्दै आएको छ ।
हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ ।
साथै मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सिआरएन नम्बर सेवा लिन सकिने सुबिधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ ईकाइबाट १८ लाख ९८ हजार बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।
Comments are closed.