भारतमा लन्च भयो नयाँ सिट्रोन सी ३, यस्ता छन् विशेषता !

काठमाडौं ।  भारतीय बजारमा फ्रेन्च अटो निर्माता सिट्रोनको नयाँ एसयुभी सी ३ आज लन्च भएको छ । । यो नयाँ एसयुभी फिल र लाइभ गरी कुल दुई भेरियन्टमा उपलब्ध रहेको छ ।

१.२ लिटर नेचुरल्लि एस्पिरेटेड पेट्रल र टर्वो इन्जिन अप्सन दिइएको यो एसयुभीलाई म्यानुअल ट्रान्ससिमनमा मात्र उपलब्ध गराइएको हो ।यो नयाँ एसयूभीको सुरुवाती मूल्य ५ लाख ७१ हजार भारु कायम गरिएको छ ।जसमध्ये सवैभन्दा महंगो भेरियन्ट टर्वो लाइभको मूल्य ८ लाख ६ हजार भारु निर्धारण गरिएको छ ।

यो नयाँ एसयुभीको फ्रन्ट ग्रिल यसअघिको सी५ मा जस्तै फराकिलो देखिन्छ । जहाँ डबल लेयर हेडल्याम्प क्लस्टरलाई आकर्षक तवरबाट समायोजन गरिएको छ । यसको यसको एक्सटेरियर डुअल टोन कलरमा आधारित छ । त्यसैगरी स्पोर्टी देखिने एलोई ह्विल, सी सेप एलइडी टेल ल्याम्प, टु टोन बम्पर, फ्रन्ट एन्ड रियर स्किड प्लेट र टेलगेटमा बिचमा दिइएको ठूलो आकारको सिट्रोन लोगोले यसलाई आकर्षक र स्पोर्टी बनाएको छ ।

यो नयाँ एसयूभीको नन् टर्वो इन्जिनले ८२ एचपी पावर र ११५ एनएम टर्क जेनेरेट गर्ने जनाइएको छ । यो इन्जिनामा ५ स्पिड म्यानुअल ट्रान्समिसन दिइएको छ ।

यसैगरी टर्वो इन्जिनको अधिकतम पावर ११० एचपी र टर्क १९० एनएम रहेको छ भने यसमा ६ स्पिडको म्यानुअल गियरवक्स उपलब्ध छ । यो एसयुभी सेग्मेन्टमै पावरफुल रहेको कम्पनीले दावी गरेको छ ।

१० इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, म्यानुअल एयर कन्डिस्नर, फोर स्पिकर साउन्ड सिस्टम र अगाडी तथा पछाडी दुवै भारमा युएसवी चार्जिङ पोर्ट्स उपलब्ध गराइएको छ ।

सुरक्षका लागी यसमा डुअल एयरव्याग, रियर पार्किङ सेन्सर र सिटवेल्ट रिमाइन्डर लगायत अन्य फिचर्स सामेल गरिएको छ ।नेपाल आउँदा यसको मूल्य ३० लाख हाराहारीबाट शुरु हुने आँकलन गरिएको छ ।

 

You might also like

Comments are closed.