राष्ट्रिय औद्योगिक व्यापार मेलामा क्लासिक म्याट्रेस प्रदर्शनी, विशेष छुटमा बिक्री

पोखरा । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलामा क्लासिक म्याट्रेस प्रदर्शनीमा राखिएको छ । मेलास्थलमा रहेको डोममा क्लासिक म्याट्रेस प्रर्दशनीमा राखिएको आधिकारिक बिक्रेता फेवा क्लासिक ट्रेडिङ प्रालिले जनाएको छ ।

पोखरा उद्योग वाणिज्य संघद्वारा आयोजित मेलामा सहभागी भएर क्लासिक म्याट्रेस बुकिङ गर्दा ग्राहकलाई विशेष छुट प्रदान गरिने प्रालिका सञ्चालक गोविन्द पौडेलले जानकारी दिए । पोखराको सिमलचौरमा क्लासिक म्याट्रेसको शोरुम छ । गुणस्तर राम्रो भएकाले पोखरा क्षेत्रमा क्लासिक म्याट्रेस बिक्री उत्साहजनक रहेको पौडेलले बताए ।

क्लासिक इन्डष्ट्रिज प्रालिद्वारा उत्पादित क्लासिक म्याट्रेस स्वदेशी ब्राण्ड हो । देशभरको बजारमा क्लासिक म्याट्रेस लोकप्रिय बनिरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत कैलाश घिमिरेले बताए ।

क्लासिक म्याट्रेसको कारखाना सिमरामा रहेको छ भने गोदाम काठमाडौंको बाँसबारी लगायतका ठाउँमा छन् । नेपाली स्पिङ म्याट्रेसका लागि क्लासिकलाई अग्रणी मानिन्छ । अत्याधुनिक प्रविधिको प्रयोगबाट स्वास्थ्यकर तथा आरामदायी म्याट्रेस बजारमा ल्याउन कम्पनी सफल रहेको घिमिरेले बताए ।

You might also like

Comments are closed.