काठमाडौं । क्लिक इन्टरनेशनल एजुकेशन स्थापनाको सातौं वर्ष प्रवेश गरेको छ । आज चैत १० गते मंगलबारबाट संस्था छैटौं वर्ष पुरा गरी सातौं वर्ष प्रवेश गरेको हो । काठमाडौंको पुतलीसडकमा मुख्य कार्यालय रहेको क्लिक इन्टरनेशनले वार्षिकोत्सवको अवसरमा शुभकामना सन्देश जारी गरेको छ । विश्वास तथा माया गर्ने सम्पूर्ण विद्यार्थी, अभिभावक, शुभेच्छुक तथा शुभचिन्तकप्रति संस्थाले कृतज्ञता प्रकट गरेको छ ।
देश तथा विदेशमा रहेका युनिभर्सिटी, कलेज तथा स्कुल लगायत विभिन्न संघसंस्था, संस्थाका कर्मचारी, शाखाका कर्मचारी लगायत प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा साथ दिने, सहयोग गर्ने सम्पूर्णप्रति संस्थाले कृतज्ञता तथा आभार व्यक्त गरेको हो । ‘सकारात्मक सोच, योजना, भवितव्य रुपमा आइपर्ने समस्याहरुसँग जुध्दै विद्यार्थीहरुको हकहितका लागि हामी सधैं प्रतिबद्ध छौं,’ संस्थाले वार्षिकोत्सवको अवसरमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
वार्षिकोत्सवको अवसरमा विशेष अफर
संस्थाले वार्षिकोत्सवको अवसरमा विशेष छुट अफर सार्वजनिक गरेको छ । संस्थाबाट प्रदान हुने सम्पूर्ण सेवामा संस्थाले २० प्रतिशत छुट प्रदान गर्ने घोषणा गरेको छ । एक साताभित्र संस्थामा आउने नयाँ विद्यार्थीले यो अफर पाउने प्रवन्ध निर्देशक गोविन्द खनालले जानकारी दिए ।
उच्च शिक्षा अध्ययनका लागि जापान, अष्ट्रेलिया, अमेरिका, क्यानडा, नर्वे, बेलायत, युएई लगायतका देशमा जान चाहने विद्यार्थीलाई संस्थाले परामर्श सेवा प्रदान गर्दै आइरहेको प्रमुख कार्यकारी अधिकृत दिनेश बानियाँले जानकारी दिए ।
नेपाल सरकारबाट मान्यता प्राप्त यो संस्था नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान)मा आाबद्ध छ । संस्थाको शाखा कार्यालयहरु बुटवल, पाँचखाल, जनकपुर, गजुरी, दाङ, सुर्खेत र चाबहिलमा छन् ।
Comments are closed.