क्लोथ बैंकद्वारा घरमै बिरामीको परीक्षण

जनकपुरधाम । जनकपुरधाममा ज्वरोका बिरामीको संख्या  वृद्धि हुँदै गएपछि क्लोथ बैंक जनकपुरधामले घर—घरमै परीक्षण कार्य शुरू गरेको छ ।

 

सोका लागि बैंकद्वारा बिरामीको घरमै पुगेर परीक्षण गर्नका लागि एक जना सहायक चिकित्सक परिचालन गरिएको जनाइएको छ ।

बैंकका अध्यक्ष राजीव झाका अनुसार सहायक चिकित्सकले घरमै गई अक्सिजन लेवल , ज्वरो जाँच्नुका साथै आवश्यक परे अक्सिजन जडानसमेत गर्नेछन् ।

 

jutta mela

सो बैंकद्वारा सञ्चालित होम आइसोलेसन तथा अक्सिजन बैंक अभियानमा कोरोनाबाट संन्क्रमण भएकाले  संख्या  ५० पुगेको छ भने  बैंकले २७ जना बिरामीलाई अक्सिजन सिलिण्डर उपलब्ध गराएको बताइएको छ ।

You might also like

Comments are closed.