‘प्रविधिमा सहकारी’ विषयक कार्यक्रम सम्पन्न

पोखरा । कोअपरेटिभ म्यानेजर्स क्लब (सीएमसी) को आयोजनामा प्रविधिमा सहकारी विषयक कार्यक्रम सम्पन्न भएको छ ।

पोखरामा हालै सम्पन्न कार्यक्रममा सीएमसी कास्कीका अध्यक्ष अपिल कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा एम बैंकको प्राविधिक सहयोग गहेको थियो ।

एम बैंकका फाउण्डर तथा सीबीओ संजय महासेठले सहजिकरण गरेको कार्यक्रममा क्लबका मानार्थ सदस्य भिम गुरुङले उपस्थित सहकारीका व्यवस्थापन प्रमुखहरुलाई सहकारीसम्बन्धी विभिन्न विषयहरुका बारेमा प्रष्ट पारेका थिए ।

jutta mela

कार्यक्रममा कास्कीका एक सयभन्दा बढी व्यवस्थापन प्रमुखहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन संस्थाका सचिव मोहनप्रसाद अधिकारीले गरेका थिए ।

 

You might also like

Comments are closed.