नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघको दोस्रो साधारणसभा चैत ७ गते

काठमाडौं । नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघको दोस्रो साधारणसभा चैत ७ गते हुने भएको छ । काठमाडौंको स्मार्ट पार्टी प्यालेस चाबहिलमा साधरणसभा हुने अध्यक्ष रामकृष्ण श्रेष्ठले जानकारी दिए ।

साधारणसभामा देशभरका व्यवसायी सहभागी हुनेछन् । सातै प्रदेश र प्राय सबै जिल्लाको प्रतिनिधित्व हुने गरी १७५ जना व्यवसायी साधारणसभामा उपस्थित हुने श्रेष्ठले जानकारी दिए ।

साधारणसभामा वार्षिक प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत हुनेछ ।  ‘व्यवसायलाई सुदृढीकरण गर्ने विषयमा विस्तृत छलफल हुनेछ,’ अध्यक्ष श्रेष्ठले भने । स्वदेशी कपडाको प्रयोग बनाउँदै स्वदेशी उत्पादनमा जोड दिने गरी कार्ययोजना बनाउने तथा संगठनलाई नगरपालिका तहसम्म विस्तार गर्ने तयारीका विषयमा छलफल हुनेछ । साधारणसभाको तयारी तिब्र बनाइएको अध्यक्ष श्रेष्ठले आर्थिक आवाजलाई जानकारी दिए ।

सो अवसमा उत्कृष्ट महिला व्यवसायी र उत्कृष्ट युवा व्यवसायीलाई सम्मान गर्ने कार्यक्रमसमेत तय भएको छ ।

यसैबीच चैत ५ गते महासंघको स्थापना दिवस होटल हार्दिकमा मनाउने कार्यक्रम तय भएको छ । सोही अवसरमा काठमाडौं शाखाका साधारणसभा समेत हुनेछ ।

 

You might also like

Comments are closed.