काठमाडौं । कोका–कोलाले हजार भन्दा बढी महिला व्यवसायीहरुलाई कोका–कोलाको सक्षम तालिम प्रदान गरेको छ । खुद्रा व्यवसाय तथा साना रेस्टुरेन्टहरु सञ्चालन गर्ने महिला व्यवसायीहरुको सीप विकास गर्न तथा सशक्तिकरण गर्ने उद्देश्यले तालिम प्रदान गरिएको हो ।
गत ८ मार्च २०२२ मा अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर कोका–कोलाले आफ्नो बोट्िलङ पार्ट्नर बोट्लर्स नेपालसँग मिलेर सक्षम कार्यक्रमको शुरुवात गरेको थियो । खुद्रा व्यवसाय र साना रेस्टुरेन्टहरु सञ्चालन गर्ने महिलाहरुलाई वित्तीय साक्षरता, हस्पिटालिटी, स्यानिटेसन म्यानेजमेन्ट र डिजिटल वालेटको प्रयोग सम्बन्धि तालिम दिनको लागि उक्त कार्यक्रम सञ्चालन गरिएको थियो । प्रदेश १, २, ३ र ४ का मुख्य सहरहरुमा एक–एक दिन गरी यो कार्यक्रम सञ्चालन गरिएको थियो ।
उक्त कार्यक्रममा सहभागी सौरहाकी गीता श्रेष्ठले भनिन्, “महिला युवा व्यवसायीहरुको लागि सक्षम तालिम कार्यक्रम अत्यन्तै उत्साहजनक रहेको थियो । मैले आज भन्दा ४४ वर्ष अगाडि जम्मा १६० रुपैँयामा आफ्नो व्यापार शुरु गरेको थिए । मेरो कडा परिश्रमले मैले आफ्नो सपना पूरा गर्न सक्षम भएको छु । अहिले मेरो २ वटा घर र एउटा पसल छ र एकल महिलाको रुपमा आफ्नो परिवारलाई सहयोग गर्न सकेको छु ।”
त्यस्तै नारायणघाटकी माया पाण्डेले भनिन्, “सक्षम कार्यक्रमले हामीलाई आर्थिक रुपमा सशक्त हुन चाहिने सिपहरु सिकाउनुको साथै हाम्रो सन्जाल विस्तार गर्ने अवसर पनि दिएको छ । सक्षम जस्तो सिप बिकास गर्ने कार्यक्रमले हामीलाई अझै राम्रोसँग व्यवसा सन्चालन गर्न हौसला दिएको छ ।”
कोका–कोला नेपालका कन्ट्री डिरेक्टर आदर्श अवस्थीले भने, “कोका–कोला बेटर शेयर्ड फ्युचरमा विश्वास गर्छ र महिला सशक्तीकरण जहिले पनि हाम्रो मुल मान्यताको रुपमा रहेको छ । हामीले सक्षम तालिम कार्यक्रम २०२२ मा शुरु गरेका थियौँ, जसमा हामीले अनुभवी र दक्ष प्रशिक्षकहरुसँग मिलेर महिला व्यवसायीहरुलाई व्यावसायिक तालिम, मेन्टोरिङ्ग नेट्वर्क, आर्थिक सेवा तथा अन्य विभिन्न तालिमहरु दिएका थियौँ, जसले गर्दा उहाँँहरुलाई आफ्नो जीवनस्तर उकास्न, परिवारलाई सहयोग गर्न र समुदायमा पनि सकरात्मक परिवर्तन ल्याउन सक्षम बनाएको छ । हामीले एक हजार महिला व्यवसायीहरुलाई तालिम दिने लक्ष्य लिएका थियौँ र सो लक्ष्य पूरा पनि भएको छ । हामी धेरै खुशी छौँ र भविष्यमा पनि अझै धेरै महिलाहरुलाई सशक्तिकरण गर्दै जानेछौँ ।”
कोका–कोलाले विविधता, समानता र समावेशितालाई आफ्नो मुल मान्यतामा राखेको छ ।र, यिनीहरुले कम्पनीको वृद्धि र सफलतामा महत्वपूर्ण भूमिका निर्वाह गर्दछन् । यी कुराहरु कम्पनीले बेला–बेलामा सञ्चालन गर्ने महिला सशक्तिकरण सम्बन्धी तालिमहरुमा पनि प्रतिविम्बित हुन्छन् ।
सन् २०१० मा कोका–कोलाले विश्वव्यापी रुपमा फाइभ बाइ ट्वेन्टि (५ बाई २० ) सञ्चालन गरेको थियो, जसअन्तर्गत कम्पनीले सन् २०२० सम्म ५ मिलियन (पचास लाख) महिलाहरुलाई आर्थिकरुपमा सक्षम बनाउने लक्ष्य लिएको थियो ।
त्यस्तै नेपालमा पनि गत ६ वर्ष देखि स्टार(शप किपर ट्रेनिङ रिसोर्सेस) सञ्चालन गर्दै आइरहेको छ, जसअन्तर्गत ५ हजार ८ सय जना खुद्रा व्यवसाय सञ्चालन गर्ने महिलाहरुलाई तालिम दिइसकेको छ ।
नेपाल सरकारको १५ औं राष्ट्रिय योजना (२०७६/७७–२०८०/८१) अनुरुप महिलाहरुको समान र अर्थपूर्ण सहभागिताको माध्यमबाट पूर्ण लैंगिक समानता हासिल गर्ने उद्देश्यलाई पनि यो पहलले सघाउ पु¥याउने कम्पनीले विश्वास लिएको छ ।
Comments are closed.