लोप हुँदै तेल पेल्ने परम्परागत ‘दुनेडी’

हुम्ला । हिमाली जिल्ला हुम्लामा पछिल्लो समय परम्परागत तेल पेल्ने ‘दुनेडी’ कोल लोप हुन थालेको छ। प्रविधिको विकाससँगै यहाँ परम्परागत प्रविधिमा आधारित दुनेडी लोप हुने स्थितिमा पुगेको हो ।

केही वर्षयता ग्रामीण भेगमा यातायातको सुविधा पुग्नाका साथै विद्युतको विकासका कारण रम्परागत दुनेडी लोप हुँदै गएको सिमकोट–२ ठेहेका शंकर रावलले बताए। उनले भने, “सदरमुकाम सिमकोट नजिक पछिल्लो समय मिलको प्रयोग हुन थालेपछि परम्परागत दुनेडी प्रयोगविहीन हुँदै गएको छ।”

बजारमा पाइने विभिन्न किसिमका प्याकिङ गरिएका धारा र स्वतिकलगायत खाने तेल गाउँमा सहजै उपलब्ध हुनु र तेल पेल्न पनि मिलकै प्रयोग हुन थालेपछि परम्परागत दुनेडी प्रयोगविहीन बन्दै गएका हुन्।”

jutta mela

हुम्लामा तेलहन बालीको खेती गर्ने प्रचलनमा पनि कमी हुँदैछ। पाँच छ वर्ष पहिले काठले बनाइएको दुनेडीमा विशेषगरी तोरी, ढटेलो, चुली, खाँबु, ओखरलगायत पेलिन्थ्यो तर अहिले यिनको प्रयोग देखिन छोडेको छ। यी फलबाट दुनेडीमा महिलाले दुई हातले पिसेर तेल निकाल्थे।

त्यसैगरी बाठले बनेको तेल राख्ने ठेकीसमेत लोप हुँदै गएको पाइन्छ। बजारमा पाइने विभिन्न किसिमका प्याकिङ गरिएका खाने तेल गाउँमा सजिलै पाइन थालेपछि स्थानीयवासीले दुनेडीलाई बेवास्ता गर्दै आएको सर्केगाड गाउँपालिका–७ निवासी भक्तबहादुर ऐडीले बताए।

उनले भने, “भनेका बेलामा जहाँ पनि तेल पाइन्छ, दिनभरिको मेहनत लगाएर कसले दुनेडी प्रयोग गर्छन् ? अब तेलका लागि दुनेडी लोप हुँदै गएकोमा यहाँका बूढापाका चिन्तित छन्। हुम्लालगायत पहाडी जिल्लामा विशेष अहिले तोरी खेतीमा पनि स्थानीय किसानको चासो घट्न थालेको छ।

कुनै समय आधाभन्दा बढी समय तेलहन बालीमै बिताउने यहाँका बासिन्दा पछिल्लो समय दुनेडी विस्थापित भएपछि र तेल सहजै पाउन थालेपछि यो खेती छोडेको चङ्खेली गाउँपालिकाकी अनुरुपा बुढाले बताइन्। केही वर्षअघिसम्म यस्ता दुनेडीको प्रयोग प्रत्येकको घरमा हुनेगरेकामा पछिल्लो समय हराउँदै गएको छ। यहाँका केही पुराना बुढापाखाले मात्रै दुडेनी बनाने गरे पनि युवापुस्तामा भने यसलाई बचाइ राख्न रुचि नभएको पाइन्छ।

जति मूल्य परे पनि बजारमा पाउने प्याकेटका तेल खरिद गर्न तयार हुने गरेकाले उनीहरुमा यो पेशालाई जोगाइ राख्न जागरुकता नभएको पाइन्छ। अहिले काठले बनाइएको दुनेडी कमैको घरमा मात्रै देखिने गरेकाले युवा पुस्तालाई दुनेडी बनाउनसमेत आउँदैन। रासस

You might also like

Comments are closed.