म्यानमारका भुकम्प प्रभावितलाई नेपाल उद्योग परिसंघको राहत सहयोग

काठमाडौं । नेपाल उद्योग परिसंघले हालै म्यानमारमा गएको विनाशकारी भूकम्पबाट प्रभावितलाई राहत सामाग्री उपलब्ध गराएको छ । परिसंघले नेपाल सरकारमार्फत म्यानमारलाई राहत सामग्री उपलब्ध गराएको हो ।

परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई ती राहत सामाग्री हस्तान्तरण गरे । परिसंघले चामल, दाल, चिउरा, चाउचाउ, बिस्कुट लगायतका खाद्य सामाग्रीहरु उपलब्ध गराएको हो ।

सो अवसरमा परराष्ट्र सचिव अमृतबहादुर राई, परराष्ट्र मन्त्रालय, गृह मन्त्रालयका उच्च अधिकारीहरू, परिसंघका महानिर्देशक डा. घनश्याम ओझालगायत सहभागि थिए ।

You might also like

Comments are closed.