याडिसा नेपालले ल्यायो इलेक्ट्रिक साइकल, रु ९९ हजारमै खरिद गर्न सकिने

काठमाडौं । नेपाली बजारमा नयाँ प्रविधिको साइकल भित्रिएको छ । याडिसा नेपालले ग्राहकलाई मध्यनजर गर्दै लाइसेन्स बिना चलाउन सकिने ‘CoolJoy’ इलेक्ट्रिक साइकल बजारमा ल्याएको हो ।

याडिसा इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक कुजु नेपाल प्रालीले Yadea CoolJoy नामक स्मार्ट र सुविधा सम्पन्न इलेक्ट्रिक साइकलको औपचारक घोषणा गरेको छ । देशभर उपलब्ध रहेको सो इलेक्ट्रिक साइकलको मूल्य ९९ हजार रहेको कम्पनीले जनाएको छ । ‘CoolJoy’ मा थ्रोटल र पेडल असिस्ट दुवै सुविधा रहेको हुँदा यो साइकलजस्तै र स्कुटर जसरी नै चलाउन सकिनेछ ।

यसमा रहेको ३५०W मोटर र २५ किमी/घण्टा गति अनुसार, नेपालमा लाइसेन्स आवश्यक पर्दैन । यो सवारी विद्यार्थी, गृहिणी, अफिस जाने कर्मचारी, डेलिभरी राइडर र ज्येष्ठ नागरिक सबैका लागि उपयुक्त छ । पेडल असिस्टको कारण ब्याट्री सकिएपनि सहज रूपमा यात्रा गर्न सकिन्छ । इलेक्ट्रिक साइकल सबैका लागि स्वतन्त्र र स्वच्छ मोबिलिटीको राम्रो विकल्प रहेको छ भने लाइसेन्स वा पेट्रोलको झन्झट पनि छैन ।

यसमा ४८V२३Ah ग्राफिन ब्याट्री–६० किमी सम्मको दायरा, ३५०W मोटर वा २५ किमी/घण्टा स्पीड, NFC स्मार्ट अनलक, डिजिटल ड्यासबोर्ड, १७० किलोग्राम भार क्षमता, ४ लाख कम्पन परीक्षण, अगाडि बास्केट, वाटरप्रूफ एलईडी लाइट, ड्रम ब्रेक, ट्यूबलेस टायर, २ वर्ष वा २० हजार किमीको वारेन्टी, काठमाडौं उपत्यकाभित्र घरमै डेलिभरी सेवा उपलब्ध रहेको छ ।

‘CoolJoy’ अहिले नै टंगल, भाटभटेनीस्थित याडिया शोरुम र देशभरका अधिकृत डिलरमा खरिद गर्न सकिने कम्पनीले बताएको छ ।

You might also like

Comments are closed.