पोखरा र काठमाडौंका सहकारीकर्मी विच अन्तरक्रिया

पोखरा, ८ असार

काठमाडौं महानगरपालिका सहकारी विभाग को टोलीले शनिवार पोखरा रोयल सहकारी संस्था लिमिटेडमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सोही अवसरमा पोखरा महानगरपालिका सहकारी समिति र काठमाडौ महानगरपालिका सहकारी विच अन्तरक्रिया समेत भएको थियो ।

संस्थाका सचिव एवं नेफस्कुन सञ्चालक भीम गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेफ्स्कूनका सञ्चालक चण्डी प्रसाद शर्मा पौडेल, पोखरा महानगरपालिका सहकारी समिती अध्यक्ष तेजनारायण अधिकारी, काठमाडौं महानगरपालिका सहकारी विभागका विभागिय प्रमुख नमराज ढकाल लगायतले वोलेका थिए । ढकालले आफ्नो धारणा राख्दै पोखरा रोयलको गतिविधि बाट आफु प्रभावित भएको र काठमाडौ महानगरपालिका मा पनि यस्तै नमुना सहकारी संस्था बनाउने अभियानमा लागेको धारणा गरे । दुवै महानगरपालिकाले काम गर्ने तरिकाका वारेमा छलफल भै एकरुपता कायम गरि कार्य गर्ने कुरामा छलफल भएको अन्तरक्रिया कार्यक्रम २ घन्टा सम्म चलेको थियो । संस्थाको डकुमेन्ट्री सहित संस्थाको वारेमा संस्थाका मुख्य प्रवन्धक मीलन ढकालले जानकारी गराएका थिए ।

You might also like

Comments are closed.