काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १ सय ५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो अवधिमा ६ हजार ५ सय ४ जनाको पीसीआर परीक्षण गरिएको थियो । योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस संक्रमितको सङ्ख्या नौ लाख ७७ हजार ७६ पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या एक लाख ३९ हजार हजार ४ सय ५३ रहेको छ ।
पछिल्लो समय थप ३ सय ५४ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ५७ हजार १ सय६७ पुगेको छ । संक्रमणमुक्त हुने दर ९७ दशमलव नौ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । थप दुई जनाले कारोनाबाट ज्यान गुमाएका छन् । हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९ सय ३८ पुगेको छ ।
त्यसैगरी पछिल्लो समय एक लाख आठ हजार १ सय ४० जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या सात हजार ९ सय ७१ छ ।
Comments are closed.