पाकिस्तानमा ९ सय ५३ जना कोरोनाकाे नयाँ संक्रमित भेटिए 

इस्लामाबाद । पाकिस्तानमा बुधबार थप ९ सय ५३ जना कोरोना पाकिस्तानमा ९ सय ५३ जना कोरोनाकाे नयाँ संक्रमित  भेटिएको छन् । गत २४ घण्टामा यहाँ कोरोना संक्रमणका कारण ११ व्यक्तिको मृत्यु भएको नेशनल कमाण्ड एण्ड अपरेसन सेन्टर (एनसीओसी) ले बुधबार जानकारी दिएको छ ।

पाकिस्तानमा हालसम्म १५ लाख १२ हजार ७ सय ७ लाई कोरोना संक्रमण देखापरेको छ । तीमध्ये १४ लाख ५१ हजार ६ सय ६५ कोरोना भाइरस मुक्त भएका एनसीओसीले जनाएको छ । हाल पाकिस्तानमा ८ सय ९० गम्भीर बिरामीसहित ३० हजार ७ सय ९४ जना सक्रिय संक्रमित रहेका छन् ।

गत २४ घण्टामा कोरोना संक्रमणको कारण थप ११ को मृत्यु भएसँगै पाकिस्तानमा कोरानाबाट ज्यान गुमाउनेको सङ्ख्या ३० हजार २ सय ४८ पुगेको छ ।

पाकिस्तानको दक्षिणी प्रान्त सिन्ध सबैभन्दा बढी कोरोना प्रभावित क्षेत्र हो । यहाँ पाँच लाख ६९ हजार ३ सय ३८ जनालाई कोरोना संक्रमण भएको छ । त्यसपछि पूर्वीप्रान्त पञ्जाबमा पाँच लाख २ हजार २ सय ६४ कोरोना संक्रमण भएको समाचारमा जनाइएको छ । (रासस/सिन्ह्वा)

You might also like

Comments are closed.