काठमाडौं । नेपालमा कोरोना संक्रमणको दर विस्तारै उकालो लाग्दो क्रममा रहेको छ ।
पछिल्लो समय ४३५ जनामा कोरोना भाइरस संक्रमण पुुष्टि भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ५६९ जनामा गरिएको परीक्षणमा आज देशभर सो संख्यामा संक्रमण पुष्टि भएको छ ।
हाल सक्रिय संक्रमितको संख्या २ हजार ५३७ रहेका छन् । विगत २४ घण्टामा ५६ जना संक्रमणमुक्त भएका छन् । काठमाडौं जिल्लामा ५०० बढी संक्रमित रहेको पाइएको मन्त्रालयले जनाएको छ । आठ जिल्लामा शून्य संक्रमित रहेका छन् ।
हाल होम आइसोलेशनमा दुई हजार ३९६, संस्थागत आइसोलेशनमा १४१ र सघन उपचार कक्ष (आइसियु)मा १९ जना उपचार भइरहेको छ ।
बर्तमान अवस्थामा कोरोना संक्रमण दर त्यति नफैलिए पनि कोरोना संक्रमण फैलिने जोखिम भने यथावत रहेको कारण सबै सबै जना सचेत हुन जरुरी रहेको छ ।
Comments are closed.