२४ घण्टामा थपिए ५६४ कोरोना संक्रमित, एक जनाको मृत्यु

काठमाडौं । पछिल्लो समयमा नेपालमा कोरोना संक्रमण दर बढिरहेको अवस्थामा २४ घण्टामा ५६४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

चार हजार ४५४ जनामा गरिएको परीक्षणमा ५४६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २ हजार ७७८ पीसीआर परीक्षणमा ४१८ र एक हजार ६७६ एन्टिजेन परीक्षणमा १४६ जनामा संक्रमण देखिएको मन्त्रालयले जानकारी दिएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनामुक्त हुनेको संख्या २०२ रहेको छ । त्यस्तै,कोरोनाबाट पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ ।हाल नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३ हजार ९२९ पुगेको छ ।

जसमध्‍ये ३ हजार ७९४ जना होम आइसोलेसनमा रहेका छन् भने १३५ जना संस्थागत आइसोलेसन र ३२ जना आईसीयूमा छन् ।यस्तै २ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २६ हजार ८८४ पुगेको छ ।

You might also like

Comments are closed.